अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, सुरु भयो स्थायी कमिटी बैठक
काठमाडौं – अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ ।
निर्धारित समयभन्दा ३ घण्टा ढिला गरी बैठक सुरु भएको हो । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बस्न नमानेपछि बैठक अवरुद्ध भएको थियो । तर, सहमतिको पहलस्वरुप पटक पटकको दुई पक्षीय दलफलपछि ओली बैठकमा बस्न राजी भए । यससँगै प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसहितको स्थायी समिति बैठक सुरु भएको हो ।