१० जना सहसचिवको काज सरुवा, को कहाँ ? सूचीसहित
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न मन्त्रालय र निकायका सहसचिवहरुको बुधबार काज सरुवा गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारनाथ अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै झक्क आचार्य अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । छवि रिजाल प्रधानमन्त्री कार्यालयबाट सन्चार तथा सूचना प्रविधि मन्त्रालय, बुद्ध गुरुङ महिला बालबालि तथा जेष्ठ नागरिक मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय, राजेश पौडेल श्रम मन्त्रालयबाट लोक सेवा आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै, बद्रि अधिकारी राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालय, कमल भट्टराई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयबाट प्रदेश १, मधुसुदन बुर्लाकोटी बागमती प्रदेशबाट युवा तथा खेलकुद मन्त्रालय र नारायण भट्ट गृह मन्त्रालयबाट बागमती प्रदेशमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।