फेरी बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

बिहिबार, २ पौस २०७७

काठमाडौं – आज बिहिबार पनि सुनको मुल्य बढेको छ । हिजो प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको सुन बिहिबार तोलामा ४ सयले बढेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यस्तै, तेजावी सुनको मुल्य ९३ हजार ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मुल्य पनि बिहिबार २५ रुपैंयाले बढेर आज प्रतितोला १२५५ मा करोबार हुने भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ३० रुपैंया रहेको थियो ।