नेकपाका नेता देव गुरुङ पक्राउ

बिहिबार, २ पौस २०७७

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देव गुरुङ पुनःपक्राउ परेका छन् । एक महिनाअघि नेपाल रेडक्रस सोसाइटीमा रक्तदान गरिरहेका बेला नेता गुरुङलाई भक्तपुर प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई अभद्र व्यबहारको मुद्धा लगाएर जिल्ला प्रशासन कार्यलय भक्तपुर पेश गरेको थियो । बुधबार जिल्ला प्रशासन कार्यलय भक्तपुरले उनलाई १० हजार धरौटामा रिहा गरेको थियो । रिहा भए लगत्तै प्रहरीले पुनः पक्राउ गरी ललितपुर पुर्याएको छ ।

विप्लवका जिल्ला स्तरिय नेता गुरुङ भक्तपुरका चर्चित नेता हुन । उनलाई कारागारमा मानसिक यातना दिने गरेको परिवारिक श्रोतले जनाएको छ । ‘उनलाई विप्लव कहाँ छ भन् ? पार्टी नयाँ कार्यदिशा के हो ?’ भन्दै मासिक रुपमा ट्रचर दिने गरेको परिवारले जनाएको छ । उनलाई ललितपुरमा पनि अभद्र व्यवहारको मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलय ललितपुरमा उनलाई एक हप्ताको म्याद थप गरेर अनुसन्धान थालिएको ललितपुरका प्रहरी सहप्रबत्ता सन्तोष तामाङले बताए ।