२० बैंकको लाभांश घोषणा, कुन बैंकले कति ?
काठमाडौं – नेप्सेमा सूचीकृत २७ बाणिज्य बैंकहरुमध्य २० बाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गर्ने बैंकहरु मध्ये सबैभन्दा धेरै घोषण गर्नेमा हिमालयन बैंक र एनआइशी एशिया बैंक देखिएका छन् ।
सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सेञ्चुरी कमर्शीयल बैंक देखिएको छ र्। बिहीबार मुलुककै जेठो बैंक नेपाल बैंक, मेगा बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश दिने घोषणा गरेका छनु भने शुक्रबार प्रभु बैंक लाभांश घोषणा गरेको छ ।
जसमा नेपाल बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १६ प्रतिशत दिने निर्णय गरेको छ । त्यस्तै, मेगा बैंकले पनि १० प्रतिशत बोनस शेयर र कर सहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
हिमालयन बैंकले ६ प्रतिशत नगद लभांश र १४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । उता एनआइशी एशियाले भने १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यद्यपि, आकर्षक बोनस दिने नविल बैंक लगायतका आधा दर्जन बैंकहरुले लाभांश घोषणा गर्न अझै बाँकी रहेको छ ।
कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनले घोषण गरेको लाभांश साधारणसभाबाट पारित समेत गराइसकेको छ । अन्य बैंकहरुले भने सभाबाट पारित गराउन बाँकी छ ।
