अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग
काठमाडौं – नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ।
कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिएर संसद अधिवेशन बोलाउन माग गरेको हो। बैठकले सरकारलाई सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सचेत गराएको छ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतकबालकृष्ण खाँडले भने,‘यो अध्यादेश संविधानको भावना र मर्म विपरीत छ। यो तत्काल सरकारले फिर्ता लेओस्।’