अध्यादेशसम्बन्धी र अग्नि सापकोटाको मुद्दा हेर्न सर्वोच्चले भ्याएन’

शुक्रबार, ३ पौस २०७७

काठमाडौं – सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ शुक्रबार हेर्न नभ्याइनेमा राखिएको छ । यस्तै सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा पनि हेर्न नभ्याइनेमै राखिएको छ ।

संवैधानिक इजलासमा रहेका दुवै मुद्दा हेर्न नभ्याइनेमा परेका हुन् ।

अध्यादेश खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटको सुनुवाइ आजका लागि तोकिएको थियो भने सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ पनि आजै हुनेगरी पेसीमा चढाइएको थियो ।

काभ्रेकी पूर्णिमाया लामाले सभामुख अग्नि सापकोटाविरुद्ध दिएको मुद्दा संवैधानिक इजलासमा पेसी चढेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ न्यायाधीश छन् ।

यो मुद्दाको अन्तिम पटक पेसी ०७६ फागुन ३० गते चढेको थियो । त्यसपछि चैत्र ९ गतेबाट अदालतमा लकडाउन सुरु भयो । त्यसपछि एकै पटक साउनमा केही मुद्दा पेसी चढेको थियो । तर, अदालतले त्यसलाई शून्य समय मान्यो । कतिसम्म भने करलाई समेत शून्य समय मानियो । भदौमा सरकारले लकडाउन खुकुलो बनाउने निर्णय ग¥यो । यसपछि अदालतले पेसी चढ्ने मुद्दालाई पहिलो महिना मान्यो । र पेसी चढाउन थाल्यो । सापकोटाविरुद्धको मुद्दामा त्यही भदौ महिनाले लिएको पेसीको मिति आज परेको थियो ।

यस्तै गत मंसिर ३० गते राष्ट्रपतिले अध्यादेश ल्याएपछि सो संविधान विपरित रहेको भन्दै त्यसको भोलिपल्टै रिट दायर भएको थियो ।