कोरोना संक्रमणबाट एकै दिन १६ जनाको मृत्यु, निको हुनेको संख्या कति ?
काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै मृत्यु हुनेको कूल संख्या एक हजार ७६५ पुगेको छ ।
यसैगरी बितेको २४ घण्टामा थप ७८२ संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना भाइरसबाकट संक्रमित हुनेको कूल संख्या २ लाख ५२ हजार ७४७ पुगेको छ ।
त्यस्तै, बितेको २४ घण्टामा एक हजार २९ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको कूल संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ ।
हाल नेपालमा ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।