वेपत्ता बालक आँपको बगौचामा मृत अवस्थामा फेला
सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट बिहीबार वेपत्ता भएका एक बालकको शव शुक्रबार सोही गाउँपालिकामा आँपको बगौचमा पराल र आँपका हांगाले छोपिएको अवस्थामा फेला परेको छ ।
सो गाउँपालिका ३ सकरपुरा निवासी रोहित मुखियाका ५ वर्षिय छोरा आनन्दको मृत शरीर शुक्रबार दिउँसो घरबाट पाँच सय मिटर टाढा रहेको आँपको बगौचामा पराल र आँपको हांगाले छापेर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
उनको ढाड र टाउँकोमा गहिरो चोट देखिएको छ । बालक आनन्द बिहीबार दिउँसोदेखी वेपत्ता थिए । उनी घरबाट ५ सय मिटर टाढा रहेको आँप बगैचामा साथीभाईसँग खेल्न गएका बेला वेपत्ता भएका थिए ।
अबेर साँझसम्म छोरा घर नफर्किएपछि चिन्तित बनेका बुबा रोहितले राती १० बजेतिर खबर गरे लगत्तै खोजतलास गरिएको डिएसपी भुवनेश्वर साहले बताए । खोजतलासकै क्रममा शुक्रबार बालक आनन्दको शव आँप बगैचामा पराल र आँपको हांगाले छोपेर राखिएको अवस्थामा फेला परेको उनको भनाई छ ।
यो पनि पढ्नुहोस
तुलसीपुरका मालपोत अधिकृतसहित ४ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
बालकलाई स।१ त। ७७५२ नम्बरको गाउँकै ट्याकटरले ठक्कर दिएर मारेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी साहको भनाई छ । घटना लुकाउने नियतले चालकले शवलाई बगैचामा लगि यसरी छोपेको प्रहरीको भनाई छ ।
गाउँमै माटो ओसारपोसार गर्ने काममा लागेका सो ट्याक्टर घटनाका दिन सोही क्षेत्रमा ओहोरदोहोर गरेको सूचनाको आधारमा अनुसन्धान सुरु गर्दा सत्यतथ्य खुलेको प्रहरीको भनाई छ ।
ट्याक्टरलाई नियन्त्रणमा लिइसकिएको छ भने पहचिान भइसकेका चालक हाल फरार रहेको उनले जानकारी दिएका छन् । बालकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।