इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै

शनिबार, ४ पौस २०७७

काठमाडौं – पूर्वाधार क्षेत्रमा लगानी गर्न भन्दै स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आईपीओ यही पुसबाट निष्काशन हुने भएको छ । २० अर्ब चुक्ता पुँजी रहेको बैंकले पुस अन्तिम हप्ताबाट ८ अर्ब बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

अहिले यसको चुक्ता पुँजी ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँमात्रै छ । बाँकी ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ पुँजी सर्वसाधारणलाई सेयर दिएर पुर्याउनु पर्नेछ ।

यसका लागि आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ ।

हालसम्मकै ठूलो यो आईपीओ निष्काशनको अन्तिम तयारीमा रहेको क्यापीटलले जनाएको छ । यो कम्पनीमा आईपीओ भर्ने सबैले पाउने आँकलन गरिएको छ ।