देउवा र जसपाका शीर्ष नेताबीच भेटवार्ता
काठमाडौं – जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर भेट गरेका छन् ।
बुढानीलकण्ठस्थित देउवानिवासमा जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र राजेन्द्र महतो पुगेका थिए ।
भेटमा सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल भइरहेको बताइएको छ । पछिल्लो राजनीतिक घटनाक्रममा सत्ताबाहिर रहेका पार्टीको भूमिकाबारे कुराकानी भएको बुझिएको छ ।