अन्नपूर्ण चिनी मिलका मालिक पक्राउ
काठमाडौं – अन्नपूर्ण चिनी मिलका मालिक पक्राउ परेका छन् । मिलमा मुख्य संचालक राकेश कुमार अग्रवाल नभेटिएपछि प्रशासनले उनकी श्रीमती तथा उद्योग संचालक प्रभाव अग्रवाललाई पक्राउ गरेको हो ।
सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक अग्रवालमाथि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । उखु किसानको वर्षौदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
तर, अग्रवाल फरार रहेकाले प्रशासनले उनकी श्रीमतीलाई आज पक्राउ गरेको हो ।