आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
काठमाडौँ – कुटपिट गरि श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। दाङको घोराही उपमहानगरपालिका ३ मोहननगर टोलका ४२ वर्षीय राजकुमार सार्कीले श्रीमती देवा सार्कीको हत्या गरेका हुन ।
उनलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोल्गीबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो।
३७ वर्षीया श्रीमती देवा सार्कीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप उनीमाथि छ। उपचारको क्रममा उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मृत्यु भएको थियो ।
प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गर्ने तयारी गरेको छ।