राष्ट्रपति निवासबाट प्रधानमन्त्री ओली फर्किए, के भयो छलफल ?
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्। संसद विघटनका लागि सिफारिस पत्र लिएर शीतल निवास पुगेका थिए ।
राष्ट्रपतिलाई भेटेर फर्किएका ओली बालुवाटार पुगेका छन । प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति भण्डारीले छलफल गरेर निर्णग गर्ने बताएको शीतल निवास स्रोतको भनाई छ ।
प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा कुराएर शीतल निवास गएका हुन ।