सामुहिक राजीनामा दिने तयारीमा मन्त्रीहरु
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरू सामूहिक राजीनामाको तयारीमा जुटेका छन् ।
दाहाल–नेपाल समूहका मन्त्रीहरु घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, विना मगर, शक्तिबहादुर बस्नेतलगायतका मन्त्रीहरुले सामूहिक राजीनामाका सम्बन्धमा परामर्श गरिरहेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि उनीहरुले सामुहिक राजीनामा दिने तयारी गरेका हुन ।