प्रचण्ड–माधव जेल जाने पक्का, बाबुरामलाई पनि नछोड्ने

आइतबार, ५ पौस २०७७

काठमाडौं – संबैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राईको नाम सिफारिस गरेको पाइएको छ।

संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा राईलाई सिफारिस गर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार राईको नाम संसद सचिवालयमा दर्ता भएको स्रोतले जनायो।

सरकारले संवैधानिक आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि लागि संवैधानिक परिषदको बैठक बसे पनि गणपुरक संख्या नपुगेपछि अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएलगत्तै बसेको संवैधानिक परिषदको बैठकले राईको नाम प्रमुख आयुक्तमा सिफारिस गरे पनि निर्णय भने गोप्य राखिएको थियो।

अख्तियार प्रमुखमा प्रेम राई नियु्क्त भएमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता माधबकुमार नेपाल र समाजबादी पार्टीका नेता बाबुराम भट्टराईका भ्रष्टचार सम्बन्धीका फाइलहरु अगाडी बढ्ने विश्लेषण गरिएको छ । प्रचण्ड–बाबुराम लगायतका नेताहरुको लडाकु सिविर (क्यान्टेनमेन्ट)मा भष्ट्राचार भएको भन्दै अख्तियारमा मुद्धा दायर भएको थियो ।

त्यस्तै, माधब कुमार नेपाललाई बालुवाटारको जग्गा प्रकरणको मुद्धा अख्तियारमा विचाधिन छ । ठूला नेताहरुलाई यही मुद्धा विउताएर जेच चलान गर्ने तयारी गरिएको बालुवाटार निकट श्रोतको भनाई छ । केही महिनामा उनीहरुलाई पक्राउ गरि अनुसन्धान गरिने बताइएको छ ।