प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा, अब के हुन्छ ?
काठमाडौं – राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए ।
तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।
त्यसको सूचना पाए लगतै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्री अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
उक्त प्रस्तावले प्रधानमन्त्री ओलीलाई थप समस्या पैदा भएको छ । अब राष्ट्रपतिले गरेको संसद विघटनबारेमा पनि प्रश्न उठेको छ । प्रधानमन्त्रीले अर्को सरकार बनाउन कठिन भएको भन्दै संसद विघटन गर्न बाध्यता भएको भन्दै राष्टपति समक्ष सिफारिस गरेका थिए ।