नेकपा स्थायी समिति बैठक सुरु, ओलीमाथि एक्सन लिने
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा ओली र उनी निकटका स्थायी कमिटी सदस्यहरु भने सहभागी भएका छैनन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको दिन नेकपा स्थायी कमिटीको बैठक बसेको हो ।
नेकपाका नेताहरुले प्रधानमन्त्रीको उक्त निर्णयबारे आइतबारै स्थायी कमिटी बैठकमा छलफल गर्ने बताउँदै आएका थिए । आज प्रधानमन्त्रीले गरेको संसद विघटनका बारेमा छलफल हुने र ओली विरुद्ध एक्सन लिने तयारी गरिएको छ ।