सकियो नेकपा स्थायी कमिटी बैठक, केपी ओलीलाई कारवाही
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री एबम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेको छ । आज बसेको पार्टी स्थायी कमिटी बैठकले अनायासै संसद विघटन गरेपछि उनलाई अनुशासनको कारवाही गरेको हो ।
यो कारवाही आगामी केन्द्रीय कमिटी बैठकबाट अनुमोदन हुने नेकपाका प्रबत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनानित समेत गरेको छ ।
त्यसैगरी भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर स्थित नेकपा संसदीय दलको कार्यलयमा बैठक बोलाउने निर्णय भएको छ । भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्नेछ ।