प्रचण्ड–नेपाल पक्षीय सांसदको भेला सुरु

सोमबार, ६ पौस २०७७

काठमाडौँ– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको भेला सुरु भएको छ ।

भेला नयाँबानेश्वरस्थित संसद भवन बीआईसीसीमा छ। बीआईसीसीको ल्होत्से हलमा सांसद भेला भएका छन् । भेलामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि आजै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि आफू पक्षीय नेतासँग बालुवाटारमा छलफल गरेका थिए ।