सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्यो
काठमाडौं – कोरोना भाइरस (कोभिड १९)का कारण लामो समयदेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन खुलेको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाहरुमा आवेदन खोलेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशका यतायात ब्यवस्था कार्यालय दाङ, बाके, रुपन्देहिमा अनलाइन फारम खुलाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
आवेदन पुस १५ गतेदेखि भर्न सकिने मँन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
