‘प्रेम गीत ३’ चैतमा रिलिज हुने
काठमाडौं – चलचित्र संघले आगामी १० गतेबाट फिल्म हल खोल्ने तयारी गरेको छ । संघको यो निणर्यले फिल्म क्षेत्र फेरि चलायमान हुने खुसी छाएको छ । हल खुल्ने भएपछि अहिले फिल्मका निर्माता निर्देशक फिल्म रिलिजका लागि प्राबिधिक कार्य पुरा गर्न तिर लागिपरेका छन् ।
निर्माता सन्तोष सेन पनि अहिले फिल्म ‘प्रेम गीत ३’को काममा ब्यस्त छन् । फिल्म हल संचालन हुने निणर्यसँगै केही बाँकी रहेको फिल्मको प्रोडक्सन कार्यमा उनी जुटेका हुन् ।
‘फिल्म हल खुल्यो र माहोल बन्यो भने ‘प्रेम गीत ३’ चैतमा रिलिज गर्नुपर्छ’ सेनले भने ‘बाँकी प्राबिधिक कार्य सबै सकाएर रेडी भएर बस्दैछु ।’ फिल्मको बाँकी काम केही दिनमा सकाउने उनले सुनाए ।
‘प्रेम गीत ३’ बर्षकै प्रतिक्षित फिल्म हो । फिल्म चैतको अन्तिम साता रिलिज गर्ने योजना सेनको रहेको छ ।