सुनचाँदीको मुल्य घट्यो

मंगलबार, ७ पौस २०७७

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारका लागि छापावाल सुनको मुल्य तोलाको ९४ हजार ९ सय कायम गरेको छ । हिजो सोमबार तोलाको ९५ हजार २ सय तोकिएको थियो । तोलामा ३ सय रुपैयाँले सुनको भाउ घटेको हो ।

यस्तै तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै घटेर ९४ हजार ४ सय कायम गरिएको छ ।

चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय १५ रुपैयाँ कायम गरेको छ । हिजो तोलाको १३ सय २० थियो ।