बामदेव गौमतको कित्ता क्लियर, प्रचण्डलाई झट्का
काठमाडौँ – नेकपाका उपाध्यक्ष बामदेव गौमतले आफ्नो कित्ता क्लियर गरेका छन् । उनले आफू प्रचण्ड–खेमामा नजाने भन्दै कित्ता क्लियर गरेका हुन ।
गौतमले मंगलबार बिहान भएको भेटमा स्पष्ट रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आफू सो खेमामा नरहेको बताएका हुन् ।
गौतमले मंगलबार भएको भेटमा आफ्नो अडान प्रचण्ड, नेपाल तथा श्रेष्ठ समक्ष राखेका हुन् । प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजनको संघारमा पुगेको छ । अहिले बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठक जारी छ ।
दिउँसो १ बजे बबरमहल स्थित एक पार्टी प्यालेसमा प्रचण्ड–नेपाल खेमाको केन्द्रीय समिति बैठक हुँदैछ ।