सकियो ओली पक्षको केन्द्रीय कमिटी बैठक, के के भयो निर्णय ?
काठमाडौं – बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली समूहको बैठक सकिएको छ।
झन्डै दुई घन्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेका छन् । उनले उनीहरूलाई सपथ पनि खुवाएका छन्।
आजको बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाउने निर्णय पनि गरेको छ। बैठकले आज थपिएकासहित १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति पनि बनाएको छ।
आयोजक समितिको बैठक पर्सि पुस ९ गते बस्ने गरी आजको बैठक सकिएको एक केन्द्रीय सदस्यले बताए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ।