झोलामा राखिएको अवस्थामा कार्यालयमा बम फेला

मंगलबार, ७ पौस २०७७

जनकपुरधाम – सिराहाको सुखीपुर नगरपालिकाको कार्यालयमा बम फेला परेको छ । झोलामा राखिएको अवस्थामा प्रेसरकुकर बम फेला परेको कर्मचारीले बताएका छन् ।

बिहान सरसफाई गर्न गएका कर्मचारीले कालो झोला राखेको देखेका थिए । झोला खोलेर हेर्दा प्रेसरकुकर बम देखिएको कर्मचारीले बताए ।

अहिले सो क्षेत्रलाई सिल गरी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । सिराहा प्रहरीका निमित्त प्रबक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले बम फेला परेको पुष्टि गरे ।

बम फेला परेको क्षेत्रलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोजल गर्न लागेको उनले बताए ।