नेकपाका अध्यक्ष ओलीलाई झट्का, माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

मंगलबार, ७ पौस २०७७

काठमाडौं – नेकपाको नयाँ अध्यक्षमा माधन नेपाल नियुक्त भएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट बर्खास्त गर्दै नेकपाको केन्द्रीय समिति बैठकले नेपाललाई अध्यक्ष बनाएको हो ।

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।