माधवलाई अध्यक्ष बनाएपछि प्रचण्डले भने, ‘अब पार्टीभित्रको समस्या समाधान भयो’
काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको समस्या समाधान भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकपछि संचरकर्मीसँग बोल्दै अध्यक्ष प्रचण्डले पार्टीमा नयाँ अध्यक्ष आएपछि समस्याहरु समाधान हुने बताएका हुन ।
पार्टी अध्यक्ष घोषणा गरिएका माधव नेपाल र आफू दुईजनाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्।
उनले पार्टीको विधानको मर्म अनुसार नै बैठक आलोपालो अध्यक्षता गर्ने बताएका छन्। नेपाललाई नयाँ अध्यक्ष चयन गरेपछि प्रचण्डले सो प्रतिक्रिया जनाएका हुन्।
बैठक आलोपालो गर्ने लगायतका विधानका प्रावधानअनुसार केपी ओलीले काम नगरेका कारण समस्या सिर्जना भएको तर अब नेपाल र आफूबीच त्यस्तो समस्या नहुने उनले बताए ।