फेरी घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बुधबार, ८ पौस २०७७

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार र तेजावी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आई प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।