प्रचण्डलाई दुबै हातमा लड्डु, ओलीलाई रुँनु न हाँस्नु !

बुधबार, ८ पौस २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दुबै हातमा लड्डु परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदमहरु चाल्दै गएपछि प्रचण्डलाई दुबै हातमा लड्डु परेको हो ।

मंगलबार बसेको नेकपाको तेश्रो केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई कारवाही गरेपछि पार्टीको पहिलो बरियतामा प्रचण्डको बढुवा भएको छ । पूर्व माओबादीको तर्फबाट अध्यक्ष बनेका प्रचण्डमा माधव नेपालभन्दा सिनियर भएकाले उनलाई पहिलो वरियता प्रदान गरिएको हो ।

जहिले पनि दोश्रो वरियताको अध्यक्ष भनेर अपमानित हुँदै आएका प्रचण्ड पहिलो वरियतामा उक्लिएपछि मख्ख छन् । दोश्रो वरियतामा पूर्वएमालेको तर्फबाट माधव कुमार नेपाललाई नियुक्त गरिएको छ । वरियतामा पहिलो दोश्रो भनेपनि उनीहरुले आलो पालो बैठकको अध्यक्षता गर्ने छन् ।

त्यस्तै, प्रचण्डलाई आज बसेको संसदिय दलको बैठकले संसदिय दलको नेतामा निर्वाचित गरेको छ । बैठकले प्रचण्डलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

अदालतमा विचाराधिन रहेको संसद विघटनको रिटले संसद पुनस्थापित भए प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुने छन् । समाचार अनुसार प्रचण्ड प्रधानमन्त्री भएभने केपी शर्मा ओलीलाई रुनुन हाँस्नु हुनेछ । अहिले ओली दुबै पद खोसिसकिएका छन् ।