को बन्लान प्रचण्ड–माधव समूहको महासचिव ? तीन भाइको दौडधुप सुरु
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको नयाँ महासचिवका लागि तीनजना आकांक्षी देखिएका छन् । नेता जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डेले महासचिवका लागि दौडधुप सुरु गरेका छन ।
प्रचण्डले शर्मालाई, नेपालले रावललाई र खनालले पाण्डेलाई महासचिव बनाउनुपर्ने आन्तरिक अनौपचारिकरुपमा छलफल गरेको स्रोत बताउँछ । नेकपाका महासचिव विष्णु पौडेलले नेकपा ओली समूहलाई साथ दिएपछि प्रचण्ड–नेपाल समूहमा कसलाई महासचिव बनाउने भन्ने विषयमा छलफल भइरहेको स्रोत बताउँछ ।
विशेष श्रोतका अनुसार खनाल प्यानलका पाण्डेलाई महासचिव बनाउने तयारी थालिएको छ । झलनाथलाई सन्तुलनमा राख्नका लागि महासचिवमा पाण्डेलाई ल्याउने तयारी गरिएको हो ।