प्रभु लाईफको आईपीओको ‘प्रि अलोटमेन्ट’ सकियो, कहिले हुन्छ बाँडफाँड ?
काठमाडौं – प्रभु लाईफ इन्स्योरेन्सले आईपीओ बाँडफाँड शुक्रबार हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बुधबार आईपीओको प्रि अलोटमेन्ट सकेर शुक्रबार बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपीओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।
आईपीओमा १० लाख ८२ हजार २२९ जनाले आवेदन दिएका छन् । तर कम्पनीको आईपिओ गोलाप्रथाबाट ५ लाख ४० हजार आवेदकले मात्र पाउने छन् । यस हिसाबमा ५ लाख ४२ हजार बढी आवेदक हात खाली हुने देखिन्छ ।