फेरी बढ्यो सुनको मूल्य
काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैँया र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार चांदीको मूल्य स्थीर रहेको छ । चांदी प्रतितोला १ हजार २ सय ८० रुपैँयामा कारोबार भइरहेको छ ।