मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, शाक्य मुख्यमन्त्री बन्ने
काठमाडौं – बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। शुक्रबार प्रदेश सभामा उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका छन् । नेकपा विभाजनभएसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।
प्रदेश संसद सचिवालयमा शुक्रबार सांसद शालिकराम जमकट्टेलको नेतृत्वमा पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। उनको ठाउँमा अष्टलक्षमी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ।