ओलीलाई भेट्न लाज पचाएरै पुुगे सभामुख सापकोटा !
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका मन्त्रीहरुको सपथ ग्रहणमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि सहभागी भएका छन् । शुक्रबार राष्ट्रपति कार्यलय शीतलनिवासमा भएको सपथग्रहणमा उनी सहभागी भएका हुन ।
सपथ ग्रहण कार्यक्रममा सभामुख सापकोटाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए । मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख एवं अध्यक्षहरु सहभागी बन्ने प्रचलन छ ।
संबैधानिक परिषदको बैठकमा सहभागी नभएपछि विवादमा तानीएका सापकोटालाई प्रधानमन्त्रीले अपमान गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले विहीबारको एक सम्वोधनमा ‘कानून नजानेका, किर्ते सभामुख’को संज्ञा दिएका थिए ।
शुक्रबार मन्त्रीपरिषद हेरफेर कार्यक्रममा सभामुख सापकोटाले शीतलनिवास पुगेर सहभागिता जनाएर लाज पचाएका छन । संबैधानिक परिषदमा नगएर संसद विघटन हुने सम्मको भुमिका खेलेका सापकोटा सपथ ग्रहणमा जानैपर्छ भन्ने छैन् । तर बोलाएको कार्यक्रममा जानु स्वभाविक मानिन्छ ।