कविता : तिमीले

शनिबार, ११ पौस २०७७

अलिकति मन दुखेकै हो

तिम्रो जात र बर्गको कुराले
लाख कोसिस मेरो सम्झाउने
तर अबुझ अभिनय गर्यौ तिमीले।

घाम जून अनि प्रकृति
सत्य आदिमता हाम्रो ईतिहासको
कहाँ बर्गित छ र आलेख
र पनि बिभाजन गर्यौ तिमीले

किन्चित जिद्दीको भकारी भरेर
शैशवि नाचहरु नाच्दै
श्रेष्ठताको घुर्किमा
पालहरु पनि बिछ्यायौ तिमीले

म कुनै साङ्लेकिरा त थिईन
रगत सेतो हुनलाई
फेरि पनि छुट्यायौ
अविभाज्य कित्ताहरुमा तिमीले

अनाहक मेरो निर्दोस मर्ममा
झटारो हानेर
समतल ह्रिदयको कुनालाई
छिया छिया बनायौ तिमीले

पालुवा झैं कोमल मेरो मन
सौदागर बनेर
बचनको बारूद भरि भरि
पड्कायौ स्वरहरुमा तिमीले।

बचनको बारूद भरि भरि
पड्कायौ स्वरहरुमा तिमीले।