नेकपा बिवादको असर : फेरी दिए तिन मन्त्रीले राजीनामा
काठमाडौँ – प्रदेश १ का एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीमा सामाजिक विकास मन्त्री जीवन घिमिरे छन् भने दुई राज्यमन्त्रीमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वास रहेका छन् ।
यस अघि शनिबार मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोलाई बर्खास्त गरेका थिए ।
केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेशहरुमा पनि देखिन थालेको छ ।
यस अघि बागमती प्रदेशमा नेकपा प्रचण्ड(नेपाल समुहले अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ ।