कति छ आज सुनको मूल्य ?

आइतबार, १२ पौस २०७७

काठमाडौं – साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।