दुई जना मृत अवस्थामा फेला
काठमाडौं– महोत्तरीको गौशाला नगरपालिका ३ ईट्टाटार बस्ने ४५ वर्षीया मैतीदेवी परियार स्थानीय पच्याङ खोलानजिक खेतमा शनिबार साँझ मृत अवस्थामा फेला परेकी छिन्।
यसैगरी काठमाडौंको काठमाडौं महानगरपालिका ८ जयवागेश्वरी नजिक सडक पेटीमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।