जनताले घेराउ गरे प्रहरी कार्यालय

सोमबार, १३ पौस २०७७

गुल्मी – ट्रकको ठक्करबाट मृत्यु भएकाका परिवार र आफन्तले दोषीलाई कारबाहीको प्रक्रिया अगाडि नबढेसम्म शव नबुझने बताएका छन्।

शनिबार राति बुटवलबाट खाद्यन्न लिएर तम्घासतर्फ आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका–१३ भगारीस्थित मसिना खोलामा पैदल यात्रा गरीरहेका सोही वडाका २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। मृतको शव गुल्मी अस्पतालमा राखिएको छ।

मृतकका परिवार र आफन्तले ट्रक चालक र मालिकसँग प्रहरीले संवाद गर्न पनि नदिएको भन्दै आक्रोस व्यक्त गरेका छन्। मृतक बालकृष्णकी आमा कल्पना थापाले आफूहरुलाई क्षतिपूर्तिभन्दा पनि न्याय चाहिएको बताइन्। आइृतबार साँझ मृतकका परिवार र आफन्तले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।