फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
काठमाडौँ – आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको हो ।
यसअघि तोलामा ९४ हजार २०० रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको हो । सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९४ हजार ४०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ समेत बढेको छ । हिजो आइतबार तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।