कस्तो छ आजको मौसम ?
काठमाडौं – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । त्यही प्रभावका कारण देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू–भागमा हुसु् र कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
- पौष १४ गते (मंगलबार)
दिउँसो –प्रदेश नं १ को पहाडी भु–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती – सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
- पौष १५ गते (बुधबार)
दिउँसो – सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती –गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
- पौष १६ गते (बिहीबार)
दिउँसो – सुदुरपश्चिम, कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती – सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेश भु–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
तापक्रम चिसो रहिरहने तथा तराई – पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।