भारतले प्याज निकासी प्रतिबन्ध खोल्यो
काठमाडौं – भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। पुस १७ गते शुक्रबार (जनवरी १) २०२१ बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
मन्त्रालयको सूचना अनुसार सबै किसिमका प्याजको निकासीमा यसअघि लगाइएका प्रतिबन्ध हटाइएका छन्।
भारतले भदौ २९ गते आन्तरिक बजारमा प्याजको माग बढेको र मूल्य आकाशिएको भन्दै निकासीमा प्रतिबन्ध लगाएको थियो।
नेपालमा सबैभन्दा धेरै भारतीय प्याज आयात हुने गरेको छ। भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएलगत्तै नेपाली बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ५० रूपैयाँभन्दा धेरै पुगेको थियो।