माछापुच्छ्रे बैंकले सुरु गर्यो थप ६ ठाउँमा शाखा रहित बैकिङ सेवा
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैकिङ सेवा संचालन गरेको छ । बैंकले भक्तपुर, सिराहा, महोत्तरी, मुगु, झापा जिल्लाका विभिन्न ठाउँमा शाखा रहित बैकिङको सुरुवात गरेको हो ।
जिल्लाको सुर्यविनायक नगरपालिकाको बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गाउँपालिका रातापानी, झापा जिल्लाको शिवसताक्षी नगरपालिका माईधारा, झापा जिल्लाकै कन्काई नगरपालिका घौलाडुब्बामा शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैकिङ सेवा संचालन ल्याएको हो । बैंकका देशभर शाखा रहित बैकिङ सेवा संजालको संख्या १४८ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्सभुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४८ शाखा रहित बैकिङ सेवासमेत गरी जम्मा ३ सय ८ स्थानबाट सेवा प्रबाह गरिरहेको छ । बैंकको देशभर १९८ वटा एटीएमहरु मार्फत ग्राहक सेवा प्रदान गरिरहेको छ ।