नबिल बैंकका शेयर धनीलाई झट्का, लाभांश रोकियो
काठमाडौं – नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई लाभांश वितरणमा रोक लगाएको छ। नबिल बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले उसको लाभांश रोकिएको हो ।
बार्षिक साधारणसभाको स्वीकृतको लागि आबेदन दिएको नबिल बैंकले उक्त बिदेशी साझेदार कम्पनीमा लाभदायिक स्वामित्व खुल्ने कागज उपलब्ध नगराउदासम्म लाभांश रोक्का गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नबिल बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश गरि कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
राष्ट्र बैंकले एनबी इन्टरनेशनलको लगानीको विषयमा अन्तिम लाभग्राहीको विवरण माग गर्दै यसअघि पनि धेरै पटक पत्राचार गरिसकेको छ । तर नबिल बैंकले लाभदायिक स्वामित्वको बारेमा स्पष्ट रुपमा कागजात बुझाउन सकिरहेको छैन।