एकाएक अस्पताल पुगे नेकपा अध्यक्ष प्रचण्ड, कस्तो छ स्वास्थ्य अवस्था ?

बुधबार, १५ पौस २०७७

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एकाएक अस्पताल पुगेका छन् । विरामी पत्नी सिता दाहाललाई भेट्न भैंसेपाटीस्थित मेडसिटी अस्पताल पुगेका हुन् ।

आकस्मिक रुपमा बिरामी परेपछि मेडीसिटी अस्पताल भर्ना भएकी सीता दाहाललाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् । बुधबार स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि आमालाई अस्पताल लगिएको उनकी छोरी गंगाले जानकारी दिइन् ।

लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी ९पीएसपी० रोगको उपचार गराइरहेकी उनलाई चिकित्सकहरुले आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

यसअघि उनको सिंगापुरको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा समेत उपचार भइसकेको छ ।