फेरी घट्यो सुनको मूल्य

बिहिबार, १६ पौस २०७७

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९४ हजार १०० निर्धारण भएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भइरहेको छ । तेजाबी सुन पनि प्रतितोला रु १०० ले घटेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु ५ ले घटेको छ । प्रतितोला रु १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भएको रु ५ ले घटेर १हजार ३ सय रुपैयाँ कायम भएको छ ।