प्रधानमन्त्री कामचलाउ हुनुभएको छ ः माधव नेपाल
काठमाडौं – माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली काम चलाउ भइसकेको बताएका छन्। ओलीले फुल फ्लेजु प्रधानमन्त्रीको जस्तो कार्य गरिरहेकोमा उनले असन्तुष्टि समेत जनाए।
प्रतिनिधि सभा विघटन गरेको हुनाले उहाँ काम चलाउ हुनुभएको छु, नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका एकजना अध्यक्ष समेत रहेका उनले भने, प्रतिनिधिसभा आफैंले विघटन गरे पनि उहाँको मानसिकता कस्तोरु प्रतिनिधि सभा विघटन पनि गर्ने र ुफुल फ्लेजु प्रधानमन्त्री छु भन्ने पनि ठान्ने।
बुधबार इन्द्रेणी ब्यांक्वेटमा आयोजित राजनीतिक पार्टीहरुको अन्तर्क्रियामा नेता नेपालले ओलीको अहिलेको शैली निरंकुश र अहंकारी भएको बताए। नेपालले ओलीले षडयन्त्रको तानाबाना बुनिरहेको आफूले सुनिरहेको भए पनि ती सफल नहुने बताए।
ओलीको कदम असंवैधानिक भएको भन्दै नेपालले त्यसले लोकतन्त्रका मूल्य मान्यतामाथि चोटिलो प्रहार भएको बताए। यो प्रतिगामी कदम पनि होु, उनले भने। ओलीले घरमा झगडा भएपछि घरै भत्काइदिने प्रवृत्ति देखाएको उनले बताए।