माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता
काठमाडौं – माछापुच्छ्रे बैंक लि र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एडीबीको तर्फबाट सल्लाहकार तथा ट्रेड एण्ड सप्लाई चेन फाइनान्सका प्रमुख स्टेभनविक तथा माछापुच्छ्रे बैंक लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २ सय भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ । उक्त सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ ।
आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंक लिले एडीवीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठूलो टेवापुग्ने विश्वास लिएको छ ।
स्थापनाकालदेखि नै माछापुच्छ्रे बैंक लिमिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँनयाँ प्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नका लागि कटिवद्ध रहदै आएको छ । बैंकले पूर्र्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १ सय ६० वटा शाखाहरु, १ सय ५१ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३ सय १६ स्थानबाट सेवा दिइरहेको छ । साथै १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत बैंकले अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।