केपी ओली सच्चिएर आए केही समय जेल हालेर माफिदिन्छौं : अध्यक्ष नेपाल

शुक्रबार, ९ माघ २०७७

काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा आलीलाई माफि मागेर आए केही समय जेल राखेर माफि दिन सकिनेृ बताएका छन् । संसद विघटन गरेर संविधानको हत्या गरेको अभियोगमा उनलाई केही समय जेलको सजाय दिएर माफि दिन सकिने बताएका हुन् ।

अपराधिहरुलाई केही समय जेलमा राखेर सुध्रिने अबसर दिने प्रचलन भएकाले उनलाई पनि केही समय जेल राखेर सजाय दिन पर्ने उनको भनाई छ ।

काठमाडौंमा प्रतिगमनका विरुद्धमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले तर ओली सच्चिएर आउने सम्भावना नभएको बताए । ‘ओलीलाई पार्टीबाट नै निष्काशनका लागि स्पष्ठिकरण सोधिएको छ । उक्त स्पष्ठिकरण अहिलेसम्म आएको छैन् ।’ अध्यक्ष प्रचण्डलाई इसारा गर्दै नेपालले भने, ‘स्पष्टिकरण आउला जस्तो छ छैन् । कि आइसक्यो । मत भर्खर सुर्खेतबाट आएको । कतै आइसक्योकी भन्ने लाग्ने रहेछ ।’

यसरी स्पष्ठिकरण आएमा ओलीलाई माफिदिन सकिने उनको भनाई थियो । तर स्पष्ठिकरण नआउने उनले बताए ।